बारा — प्रहरीले बाराको अमलेखगञ्जबाट ठूलो परिमाणमा लागु औषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्यका २७ वर्षीय धिरजकुमार सिंह र १८ वर्षीय चन्दनकुमार पटेल रहेका छन्।

भारतको बीआर–०१–बियु–३४८५ नम्बर प्लेट भएको कारमार्फत लागु औषध तस्करी गरिरहेका उनीहरूलाई वरिष्ठ सई धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले कारको पछाडिको सिटमुनि फल्स बटम (false bottom) बनाई लुकाइएको अवस्थामा लागु औषध बरामद गरेको जानकारी दिएको छ।

पक्राउ परेकासँग प्रहरीले ट्रामाडोलका २१ हजार ६ सय ट्याब्लेट र ७६ बोतल ओनरेक्स बरामद गरेको छ। हाल दुवै आरोपीमाथि जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय