रुपन्देही — बुटवल उपमहानगरपालिका–११, बुद्धनगर क्षेत्रमा लागु औषध ब्राउन सुगर को अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा:  उपमहानगरपालिका–११, बुद्धनगरका विष्णु थापा , सन्दिप सुनार , विवेक विपिन चौधरी रहेका छन् ।

उनीहरूको साथबाट लुकाई–छिपाई राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध ग्राम ३८० मिलिग्राम र डिजिटल तराजु थान समेत प्रहरीको टोलिले बरामद गरिएको छ ।

बरामद सामग्रीसहित उनीहरूलाई विधिवत पक्राउ गरी थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट ७ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सुचना अधिकारी डिएसपी सुरज कार्किले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय