काठमाडौं — काठमाडौंको चमती क्षेत्रबाट मोबाइल र त्यसका पार्टपूर्जासहित तस्करीमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा झापा गौरीगंज गाउँपालिका–१ का २७ वर्षीय रोशनकुमार महतो, महोत्तरीका २१ वर्षीय सिकेन्दर रजा, साथै भारतीय नागरिकहरू ३३ वर्षीय शेष पिर मोहम्मद मोस्तान, ३० वर्षीय दीपक शेकर, ४७ वर्षीय भिनोथ कुमार अमर चन्द, ४० वर्षीय सत्यनारायण कुष्णमुर्थी, ३१ वर्षीय मोहमद रेहान र २४ वर्षीय रौनक ठाकुर छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तस्करीका सामानसहित पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनीहरूले भन्सार छलि मोबाइल र पार्टपूर्जा ल्याएर चमतीमा भण्डारण गरी बिक्री वितरण गर्ने गरेको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय