
काठमाडौं, जेठ ७ — वैदेशिक रोजगारीको लोभ देखाई पोल्याण्डको भीएफएक्स (VFS) प्रक्रिया सहज बनाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक युवा हाल फरार छन्। ठगी गरेर सम्पर्कविहीन भएका ती युवक बागलुङ स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका रामचन्द्र खरेल हुन्।
पीडितका अनुसार खरेलले वैदेशिक रोजगारीका लागि पोल्याण्ड जान चाहने युवाहरूलाई “VFS प्रक्रिया सजिलै पार गराइदिन्छु”, “इनसाइड सोर्स छ” भन्ने जस्ता प्रलोभन देखाउँदै विश्वास दिलाएका थिए। यही विश्वासका आधारमा खरेलले चिनजानमा रहेका दुई युवाबाट जनही १ देखि ३ लाख रुपैयाँसम्म उठाएका थिए।

पीडित निकेश रूपाखेती र अरुण प्रसाद जैसवालका अनुसार खरेलले पटक–पटक गरेर करिब ४ लाख रुपैयाँ लिएका थिए। सुरुमा फोन तथा भेटघाटमार्फत विभिन्न बहाना देखाउँदै समय माग्ने खरेलले पछिल्लो समयमा एक्कासि सम्पर्कविहीन भएका छन्।
“२/३ दिनमा पैसा फर्काइदिन्छु भनेर झुलाउने काम उनले पटक–पटक गरे। तर अहिले त फोन नै अफ गरेर सम्पर्क नै काटेका छन्,” पीडित रूपाखेतीले भने।
खरेलको यस्तो व्यवहारपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा औपचारिक उजुरी दिने तयारी गरिरहेका छन्। साथै, उनीहरूले प्रहरीसँग पनि सम्पर्क गरी कानुनी प्रक्रिया अघि बढाउने प्रयास थालेका छन्।
सुरक्षा सरोकारले खरेललाई सम्पर्क गर्ने प्रयास गरे पनि उनीसँग कुनै किसिमको सम्पर्क स्थापित हुन सकेन। उनका साथीभाइ तथा चिनजानका व्यक्तिहरूलाई समेत उनीसँग सम्पर्क नभएको बताएका छन्। ठगी पीडितहरू अहिले मानसिक तनावमा छन्। आफूहरूले मेहनतले संकलन गरेको रकम ठगीमा परेको भन्दै उनीहरू न्यायको खोजीमा भौतारिइरहेका छन्।
प्रहरी स्रोतका अनुसार पीडितले लिखित उजुरी दर्ता गराएपछि अनुसन्धान प्रक्रियालाई तीव्रता दिइनेछ र दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास हुनेछ। सार्वजनिक रूपमै यस्ता ठगीका घटनाहरू दोहोरिन थालेको अवस्थामा प्रहरी प्रशासनले यसप्रकारका केसहरूलाई गम्भीर रूपमा लिएर दोषीलाई छिटो कारबाही गर्ने अपेक्षा पीडितहरूको रहेको छ।
सावधानी अपिल: यस्ता घटना दोहोरिन नदिन वैदेशिक रोजगारीका नाममा कुनै व्यक्ति वा संस्था मार्फत रकम बुझाउँदा सो व्यक्ति/संस्थाको प्रमाणिकता, कानुनी दर्ता र इतिहासबारे बुझ्न सम्बन्धित निकायबाट आवश्यक छानबिन गर्नु अति आवश्यक छ।
पिडितले खरैलले भने अनुसार जम्मा गरेको पैसाको डिटेल-




