काठमाडौँ — काठमाडौँको चन्द्रागिरीबाट सुन चोरीमा संलग्न दुई युवालाई प्रहरी वृत्त स्वयम्भूले चोरीमा प्रयोग भएका सामग्रीसहित पक्राउ गरेको छ। पक्राउ परेका दुबै मोरङको रतुवामाई नगरपालिका वडा नं. ५ स्थायी बासिन्दा हुन्, जो हाल चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा बसोबास गर्दै आएका छन्।

काठमाडौँ महानगरपालिका वडा नं. १५ स्थित चौमती चोक नजिक सरोज महर्जनको घरमा डेरा गरी बस्दै आएका धादिङ ज्वालामुखी गाउँपालिका–५ का २३ वर्षीय सौरभ क्षेत्रीको कोठाबाट चोरी भएको सुन तथा नगद बरामद गर्न प्रहरी टोली खटिएको थियो।

स्वयम्भूबाट खटिएको टोलीले अनुसन्धानको क्रममा वर्ष २९ का सुजन उर्फ संजित कटुवाल र वर्ष २४ का अजय कटुवाललाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध “चोरी सम्बन्धी कसूर” अन्तर्गत मुद्दा दर्ता गरिई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकासँग चोरीमा प्रयोग भएको १ फिट ३ इन्च लम्बाइको फलामको रड (३ इन्च भाग बाङ्गिएको), नगद रु. २८,५००, स्कुटर (इन्जिन नम्बर E3Y3E0678819, नम्बर प्लेट: प्रदेश ३-०२-००७ प ७८६७) तथा सुनको जस्तो देखिने झुम्का १ जोर, तिलरी ३ थान, बाला ३ थान, औँठी ४ थान, रानी हार १ थान, सानो झुम्का २ थान, सिरबन्दी १ थान, चुडिएको सिक्री १ थान, टिकटक माला (पोते सहित) १ थान र चन्द्रमा १ थान बरामद गरिएको छ।

उनीहरूविरुद्ध “चोरी सम्बन्धी कसूर” अन्तर्गत मुद्दा दर्ता गरिई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय