
काठमाण्डौं—लागुऔषध बोकेर स्कुटरमा हिंडिरहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई हाल काठमाडौं टेकु बसोबास गर्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ रहेका छन्।
उनी बा ९७ प ५९४२ नम्बरको स्कुटरमा लागुऔषधसहित बाफल क्षेत्रबाट पक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट ८८ क्याप्सुल ट्रामाडोल, १ हजार क्याप्सुल नाइट्राजेपाम, नगद १६ हजार रुपैयाँ, २ थान मोबाइल र प्रयोग गरिएको स्कुटर बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।



