झापा — झापाको अर्जुनधारा नगरपालिका–८ का अर्जुन राजवंशी बुधबार राति लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेका छन्।

पूर्व सूचना प्राप्त भएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले दाउरा राख्ने कटेरोमा लुकाएर राखिएको अवस्थामा राजवंशीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उनको साथबाट ३ ग्राम ९० मिलिग्राम ब्राउन सुगर, ९ थान एम्पुल र नगद २७ हजार ६७० रुपैयाँ बरामद गरिएको छ।

पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस मामिलामा प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय