काठमाण्डौं—नवलपरासी जिल्ला अदालत, परासीमा कार्यरत कम्प्युटर अपरेटर रामलखन बनिया दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका अभियुक्तलाई छुटाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस लिएको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकबाट उनलाई रंगेहात पक्राउ गरेको हो। बनियाले मुद्दा अदालतबाट जिताइदिने र सजायबाट जोगाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ माग गरेका थिए।

उक्त सूचनाको आधारमा आयोगले निगरानी राखी उनलाई घुससहित नियन्त्रणमा लिएको हो। आयोगले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

यस घटनाले न्याय प्रणालीमा संलग्न कर्मचारीहरूमाथि विश्वास संकट उत्पन्न भएको भन्दै आलोचना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय