
काठमाडौं, टेकु — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६१ लाख रुपैयाँ ठगी गरी फरार रहेका दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको बनेपा स्थायी ठेगाना भई हाल भक्तपुर बसोबास गर्ने २० वर्षीय विशाल घिमिरे र रौतहट घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने १८ वर्षीय प्रिन्स कुमार रहेका छन्।

विद्यार्थी भिसामा अमेरिका जानको लागि बैंक स्टेटमेन्ट देखाउन एक दिनका लागि रकम मागेर फरार भएको भनी परेको जाहेरीका आधारमा उनीहरूलाई बिहीबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको हो।
हाल उनीहरूलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।



