रुपन्देही — भारतबाट भन्सार छली गरी सामान ल्याउन सहजीकरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार खड्काले भारतबाट दुर्गौलिया नाका हुँदै भन्सार नतिरी अवैध रूपमा घरायसी प्रयोजनका सामग्री ल्याउनका लागि ३० हजार रुपैयाँ घुस लिएको आरोप छ। उनी घुस लिइसकेको अवस्थामा नियन्त्रणमा परेका हुन्।

खड्काविरुद्ध ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय