काठमाडौं, वैशाख १७ — वैदेशिक रोजगारीको नाममा दक्षिण कोरिया पठाइदिने भन्दै तीन लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने र मोरङ कानेपोखरी गाउँपालिका–२ स्थायी घर भएकी ५१ वर्षीया मुना कार्की रहेकी छन्।

प्रहरीका अनुसार कार्कीले एक जना पीडितसँग आकर्षक तलबको प्रलोभन देखाउँदै दक्षिण कोरिया पठाइदिने भनेर रकम लिई सम्पर्कविहीन भएकी थिइन्। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय