काठमाण्डौं, बैशाख १७ — इलाका प्रहरी कार्यालय सितागंजले बर्जु गाउँपालिका–३ स्थित नहर चोकबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरी टोलीले विशेष सुराकीका आधारमा १९९.३ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरी नायब निरीक्षक (प्रबनानि) प्रविण भट्टराईको कमाण्डमा खटिएको टोलीले भिमपुरबाट अमडुवा जाँदै गरेको प्र.१–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडीलाई रोकी जाँच गर्दा गाडीको डालामा लुकाई राखिएको ६ बोरा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी ) योगराज खतिवडाले जानकारी दिनु भयो ।

प्रहरीले सो गाडीका चालक, धनकुटा नगरपालिका–९ का ३३ वर्षीय उद्धव भण्डारी र सहचालक ३० वर्षीय कबिराज राईलाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा, पिकअप गाडी र पक्राउ परेका व्यक्तिहरू इलाका प्रहरी कार्यालय सितागंजमा राखिएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय