काठमाडौँ । प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित ग्यालेक्सी टोलबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर भएका २२ वर्षीय शिवा पटवा उर्फ आशिष कुमार रहेका छन्। उनी बसोबास गर्दै आएको डेरा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९ सय नेपाली रुपैयाँ र २६ हजार भारतीय रुपैयाँ फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख (एसपी) निरञ्जन दत्त भट्टले जानकारी दिनुभयो।

हाल आरोपीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय