काठमाण्डौं, वैशाख १३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत कर्मचारी भएको भनी सर्वसाधारणलाई धम्की दिने गरेको आरोपमा यदुकुहाबाट एकजना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–५ कालीपुर निवासी ३३ वर्षीय रामभजन मण्डल रहेका छन्। उनलाई प्रहरीले शुक्रबार यदुकुहाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय यदुकुहाका इन्स्पेक्टर ओम प्रकाश यादवका अनुसार मण्डलमाथि थप अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा मण्डलले आफू अख्तियारको अनुसन्धान अधिकृत भएको भन्दै विभिन्न व्यक्तिलाई फोन गरेर धम्की दिने र प्रहरीलाई समेत झुक्याई विभिन्न किसिमका लाभ लिने गरेको खुलेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर