
सुरक्षा सरोकार ,काठमाण्डौं—सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१ कचनारीस्थित नरगी चोकबाट पेस्तोल र गोलीसहित पक्राउ परेका दुई भारतीय किशोरविरुद्ध थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारतको बिहार प्रान्त, मधुवनी जिल्लास्थित पिपराही ग्रामपंचायत–२ कमलपुरका करिब १९ वर्षीय राजिव सिंह र प्रिन्स सिंहलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको हो।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार कचनारी प्रहरीले सोमबार नियमित चेकिङको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
भारततर्फ जाँदै गरेका ती किशोरहरू एमबीएलएचए ११ एइई ९ बी २३३२४ नम्बरको मोटरसाइकलमा सवार थिए। चेकजाँचका क्रममा प्रिन्स सिंहको कम्मरमा लुकाइएको पेस्तोल र ट्रयाकमा लुकाइएको एक थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



