काठमाण्डौं — पोखराको सृजनाचोकस्थित ढावा रेष्टुरेन्ट एण्ड बारबाट एक जना नक्कली नेपाल प्रहरीको डिएसपी पक्राउ परेका छन्। आइतवार राति करीब १० बजे पक्राउ परेका व्यक्तिको नाम चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बाग्लुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय पौडेलले आफू प्रहरीको डिएसपी भएको दाबी गर्दै रेष्टुरेन्टमा अर्डर अनुसारका खानेकुरा खाएपछि धाकधम्की दिएको आरोप लागेको छ।

घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो। हाल पौडेल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन्।

उनका विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय