
सुरक्षा सरोकार ,काठमाण्डौं — कुकुरलाई निर्दयी रूपमा रुखमा झुन्ड्याएर मारेको आरोपमा रोल्पा लुङग्री गाउँपालिका–७ हार्जङ क्वाछिवाङका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्मर पुनलाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख ३ गते कुकुरलाई रुखमा झुन्ड्याई मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रोल्पाले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहित कुमार शाहीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



