काठमाण्डौं—कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। यादवले यही वैशाख ६ गते साँझ करिब साढे ६ बजे पेस्तोल देखाउँदै बनाएको भिडियो आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका थिए।

सोही भिडियोको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले उनलाई मायादेवी गाउँपालिका–१ स्थित मायादेवी होटलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

परिक्षणका लागि यस प्रकरणमा थप कानुनी प्रक्रिया अगाडि बढ्ने क्रममा रहेका प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय