काठमाण्डौं, वैशाख ७ – फरक क्षमता भएकी (बोल्न नसक्ने) नाबालिकामाथि सामुहिक रुपमा जबरजस्ति करणी गरी फरार रहेका दुई अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरुमा इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका–४ निवासी ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन्। ती अभियुक्तहरूले २०८२ साल वैशाख ५ गते, नाबालिकालाई डर त्रास देखाई हात बाँधी, बोल्न नदिई बलपूर्वक सामुहिक बलात्कार गरेका थिए।

उनीहरू घटनापछि फरार भएका थिए भने, खोजतलास एवं अनुसन्धानको क्रममा प्रहरीको विशेष टोलीले वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ स्थित फुयतप्पा क्षेत्रबाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई, वैशाख ६ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरिएको र हाल थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मान बहादुर राईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय