काठमाण्डौं—कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले ३१ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति काभ्रेको साबिक नाग्रेगागर्चे गाविस–९ (हाल चौंरीदेउराली गाउँपालिका–२) निवासी ५७ वर्षीय दानबहादुर प्रधान हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार, दानबहादुरले २०५० साल वैशाख १६ गते साँझ ७ बजे सोही स्थानका उत्तरबहादुर प्रधानलाई चक्कु प्रहार गरी हत्या गरेका थिए। घटना पछि उनी फरार थिए।

अदालतले उनलाई २०७६ माघ २८ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो। फरार रहेका दानबहादुरलाई प्रहरीले आइतबार धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरेको हो।

उनलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला कारागार धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिन बहादुर घलेले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय