काठमाण्डौं — बनेपा नगरपालिका–८ बाट सशस्त्र प्रहरीले लागुऔषध पोल्याण्डसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–६ निवासी अमृत भण्डारी र धुलिखेल–४ निवासी ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन्। उनीहरूको साथबाट ५ किलो लागुऔषध पोल्याण्ड बरामद गरिएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई जानकारी दिएका छन्।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त सूचनाको आधारमा नम्बर–१५ गण, काभ्रेले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि स्थानीय प्रहरीलाई जिम्मा लगाइएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय