काठमाण्डौं— जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उप–महानगरपालिका–३ चटकपुरस्थित एन एस होटलमा छापा मारेर ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

मिति २०८१।१२।२५ गते रातिको समयमा होटलमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी चौकी चटकपुरबाट खटिएको टोलीले होटलमा चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ निवासी २० वर्षीय सुरेश बिष्ट, भिमदत्त नगरपालिका–१० निवासी २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका–८ निवासी १९ वर्षीय रिजन कठायत, र कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलन चोककी १८ वर्षीया आशिका सिजापती रहेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय