काठमाण्डौं— नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ८ किलो ८५५ ग्राम लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्।

प्रवक्ता आचार्यका अनुसार थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका उन्नीलाई विमानस्थलको भन्सार क्षेत्रस्थित एक्स–रे मेसिनमार्फत स्क्रिनिङ गर्दा गाँजा फेला परेको हो। उनलाई आइतबार पक्राउ गरिएको थियो।

पक्राउ परेका उन्नीलाई आज सार्वजनिक गरिएको छ भने थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय