काठमाडौं – हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको महाबौद्धबाट एक जना पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका-२७ स्थित महाबौद्धबाट भारतको सुजा-३, जोगिन्दर नगर घर भई काठमाडौं महानगरपालिका-६, बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वाङ्मो पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार वाङ्मोको साथबाट २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद गरिएको छ।

हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

हाल वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय