
काठमाण्डौं— रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –९, बुद्धचोक क्षेत्रमा लागुऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देही, सि.न.पा.–८, बसडिलवा निवासी २४ वर्षीय कामरान खान, सेफ अली, र विनोद चमारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सेफ अली खानको गोजीबाट ब्राउन सुगर जस्तो देखिने ११ पुरिया ( ५ ग्राम ४१८ मिलिग्राम ) खैरो धुलो पदार्थ सहित पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जना लागुऔषध खरिद–बिक्रीमा संलग्न रहेको पाईएकोले थप अनुसन्धानका लागि सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरि जिल्ला प्रहरी कार्यालय, रूपन्देही पठाएको प्रहरी निरिक्षक महेन्द्र सेनले जानकारी दिनु भयो ।



