काठमाण्डौं— जबर्जस्ती करणीको अभियोगमा १ जना युवा सहित घटनालाई मिलाउन खोज्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय केशब गिरी रहेका छन्। उनले २०८१ साल चैत्र ६ माई नगरपालिका-२ सितलीस्थित चिया बगानमा इलाममा युवतिलाई ललाई फकाई डर त्रासमा पारी जबर्जस्ती करणी गरेका थिए। पीडितकी आमाले २०८१ साल चैत्र ९ गते जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएपछि प्रहरीले उनलाई झापा–इलाम सीमामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

यस्तै, घटनालाई मिलाउनका लागि पीडक पक्षले नगद रु. ३,००,०००/- (तीन लाख) दिएको खुलेको छ। अनुसन्धानको क्रममा उक्त रकम पीडितकी आमाको साथबाट बरामद गरिएको छ। घटनालाई मिलाउन संलग्न माई नगरपालिका-२ निवासी ५८ वर्षीय केदार नाथ गिरी, ४३ वर्षीय यादव भन्ने नारायण गिरी, तथा ३८ वर्षीय पाँचथरे भन्ने तुलाधर अर्याललाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत इलाममा पेश गरी सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिनु भयो ।

पक्राउ परेका ४ जनालाई  जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय