
काठमाण्डौं –रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ७ किलो गाँजासहित भारतीय महिला पक्राउ परेकी छन् ।
आज बिहान १२:४० बजे, Thai Air Asia को फ्लाइटबाट थाइल्याण्डको बैंककबाट आएका मुम्बई, महाराष्ट्र निवासी ४५ वर्षीया बैग गुलनाज (Baig Gulnaz, पासपोर्ट नं. X5250926) लाई विमानस्थलको आगमनतर्फको गेट अगाडि शंकास्पद अवस्थामा फेला पारिएको थियो।

उनको साथमा रहेको हरियो रंगको लगेज (ब्यागेज) खोल्दा लागू औषध गाजा फेला परेको थियो। तत्काल तौल गर्दा ७ केजी ५०० ग्राम गाजा रहेको पुष्टि भयो। साथै, निजको साथमा रहेको मोबाइल थान १ समेत बरामद गरिएको छ।
पक्राउ परेकी महिलालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय (जि.प्र.का.) रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक जर्नादन जिसीले जानकारी दिए ।
यस अघि अन्यथा हुन गएकोमा सॅच्चाईएको छ ।— सम्पादक



