काठमाडौं— सप्तरी प्रहरीले लागुऔषध गाँजा भण्डारण गरिएको गोदाममा छापा मारेर ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

राजविराज नगरपालिका-९ मठेलस्थित राजनारायण साहको गोदाम घरमा छापा मार्दै प्रहरीले २,४५१.५ किलो गाँजा बरामद गरेको हो। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार फागुन १९ गते बिहान १० बजे उक्त गोदाममा छापा मारिएको थियो।

यस क्रममा गोदाममा बस्दै आएका भारत बिहार राज्य मधुवनी ग्राम पञ्चायत कुकुरदौरा-१० का ६६ वर्षीय रामनारायण यादवलाई पक्राउ गरिएको छ। यादव सो घरमा भाडामा बस्दै आएका थिए। उनलाई फागुन २१ गते दिउँसो ४ बजे गोदाम घरअगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सप्तरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै गाँजा ओसारपसार तथा भण्डारणबारे जानकारी दिएको छ। प्रहरी उपरीक्षक खतिवडाले यादवले भारत तस्करी गर्ने उद्देश्यले गाँजा भण्डारण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

“उनले कहाँबाट यति ठूलो परिमाणमा गाँजा संकलन गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा यो गाँजा भारत तस्करीका लागि राखिएको खुलेको छ,” प्रहरी उपरीक्षक खतिवडाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय