काठमाण्डौं—  हङकङबाट आएका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोकिनसहित पक्राउ परेका छन्। सुनसरी निवासी २५ वर्षीय मनिष राई बुधबार दिउँसो तीन ग्राम २९ मिलिग्राम कोकिनसहित पक्राउ परेका हुन्।

नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाई छिपाई लैजान लागेको अवस्थामा कोकिन फेला परेको विमानस्थल प्रहरीले जनाएको छ। उनलाई लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय