काठमाण्डौं – बारामा प्रहरीले पौने दुई किलो लागुऔषध अफिमसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–६ पकनीका २१ वर्षीय रविन्द्र मोक्तान रहेका छन्। उनले चलाएको बा ६३ प ८२६२नम्बरको मोटरसाइकलबाट अफिम बरामद गरिएको हो।

जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाएर राखिएको अफिम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीप थापाले जानकारी दिए।

पक्राउ परेका मोक्तानलाई लागुऔषध मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय