काठमाडौं — चोरी गरेर ल्याइएको सुनको तिलहरी बेच्ने विषयमा विवाद हुँदा ११ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई बालकलाई प्रहरी पक्राउ गरेको छ।

माघ २५ गतेदेखि दैलेखको दुल्लु नगरपालिकाबाट बेपत्ता भएका ११ वर्षीय बालक हत्या गरिएको खुलासा भएको हो। हराएको बालकको परिवारले इलाका प्रहरी कार्यालय दुल्लुमा उजुरी दिएपछि अनुसन्धानका क्रममा १४ र १७ वर्षीय दुई बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूलाई सोधपुछ गर्दा हत्या गरी घरनजिकैको खोला किनारमा खाल्डो खनेर शव गाडेको स्वीकार गरेका छन्। पक्राउ परेका बालकहरूको बयानका आधारमा खोजतलास गर्दा हराएका बालकको शव पुरिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय