
काठमाण्डौं— विशेष सूचनाका आधारमा मकवानपुर प्रहरीले ४ ग्राम २३० मिलिग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१, झोलुङ्गे पुल नजिकै रहेको चिया पसलभित्र लागूऔषधलाई स-साना पुडियामा प्याकिङ गरी लैजाने क्रममा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्वराज खड्काका अनुसार, पक्राउ परेका व्यक्तिहरू लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।
पक्राउ पर्नेहरू सुबि गुरुङ ,सुरज कुमार पाण्डे र नबराज भट्ट रहेका छन् । प्रहरीले उनिहरूको साथबाट ४ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन जस्तो देखिने खैरो धुलो पदार्थ) फेला पारी उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले थप अनुसन्धान गरिरहेको एसपी विश्वराज खड्काले बताएका छन्।



