धरान — सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

लौकहीबाट मधुवनतर्फ जाँदै गरेका बराहक्षेत्र नगरपालिका-८ चक्रघट्टी बस्ने २७ वर्षीय अर्जुन माझीलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

एसपी तिम्सिनाका अनुसार, माझीको साथबाट ट्रामोल-५० लेखिएको १,३२० क्याप्सुल बरामद गरिएको छ। पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय