मोरङ – मोरङको विराटनगर महानगरपालिका–१६, हुलास चोकस्थित प्रहरीले ४.१८ ग्राम ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ, उर्लाबारी नगरपालिका–७ निवासी २० वर्षीय अमन मियालाई बिहीबार दिउँसो १४:३० बजे पक्राउ गरेको हो।

पक्राउ परेका मियासँग बरामद लागू औषधसहित उनलाई इलाका प्रहरी कार्यालय रानी, मोरङमा ल्याइ थप अनुसन्धान भइरहेको  प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय