काठमाण्डौं– सुनसरीको कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ बाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

माघ २२ गते लागूऔषध नियन्त्रण ब्युरो विराटनगरइलाका प्रहरी कार्यालय लौकही बाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका-३ का २३ वर्षीय मो. जाविर (१ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित), सप्तरी कन्चनरुप नगरपालिका-७ का २२ वर्षीय विजय खडका (२ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर र नाईट्राभेट १५ ट्याब्लेटसहित), सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१० का २४ वर्षीय रोहित मण्डल (२ ग्राम ४१० मिलिग्राम ब्राउन सुगरसहित) र उदयपुर रौतामाई-७ का २८ वर्षीय पदम बहादुर मगर (२० ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित) छन्।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय