काठमाण्डौं – डडेल्धुरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका-३ चनकट्टेका २२ वर्षीय जितेन्द्र खत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार खत्रीलाई माघ १५ गते राति डडेल्धुराको आलिताल गाउँपालिका-१ चपरचानीस्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो।

खत्रीको साथबाट पाँच रुपैयाँको नोटभित्र राखिएको कालो प्लास्टिकसहित तौल गर्दा ०.६५ मिलिग्राम र शुद्ध तौल ०.४३ मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय