
काठमाण्डौं – शौचालय जाने बहानामा सिन्धुलीबाट फरार भएका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई प्रहरीले पक्राउ गरेको छ। भोजपुरबाट काठमाडौं लैजाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित अधेरी पुलनजिकैबाट उनी फरार भएका थिए।
सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेका अनुसार फरार भएका ग्लोरीलाई लामो निगरानीपछि नियन्त्रणमा लिइएको हो। उनलाई गढी प्रहरी चौकीको टोलीले काठमाडौं जान लागेका बेला पक्राउ गरेको हो।

नाइजेरियन नागरिक ग्लोरी माघ ७ गते भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट पक्राउ परेका थिए। उनलाई अध्यागमन विभागको मुद्दा शाखामा उपस्थित गराउन काठमाडौं लैजाने क्रममा प्रहरीलाई छलेर भागेका थिए।



