काठमाण्डौं। लमजुङ प्रहरीद्वारा अवैध ११४ थान हातहतियार बरामद गरेको छ । प्रहरीले एउटा अप्रेशन संचालन नै गरेर अवैध हातहतियार नियन्त्रणमा लिन सफल भएको छ ।

हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्ष सम्म पनि नविकरण नभएका हातहतियारहरु सुरक्षा निकायमा  वा जिल्ला प्रशासन कार्यालयमा बुझाउने सम्बन्धमा  जिल्ला प्रशासन कार्यालाय लमजुङको पत्र मार्फत सरोकारवालालाई अवैध हातहतियार उल्लेखित निकायमा बुझाउन भनि अनुरोध गरिएको थियो तर केहि ब्यक्तिहरूले हतियार नबुझाएर घरमै राखेका थिए ।

समाजमा हुन सक्ने विभिन्न किसिमका चोरी निकासी,वन्यजन्तुको सिकार वा अन्य घातक किसिमको अपराधकार्यलाई निरुत्साहित गर्नु प्रहरीको कर्तव्य हो त्यहि उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुखले मातहतका सम्पुर्ण प्रहरी कर्मचारीहरु त्यस किसिमका हातहतियार बरामद गर्ने तर्फ परिचालित गर्नु भई विभिन्न ब्यक्तिहरूबाट ११४ वटा हतियार  प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिनु भयो ।

साथै , उहॅा भन्नु हुन्छ – अझै थप केही हातहतियार नियन्त्रणमा लिनु पर्ने देखिन्छ,साथै यसै सन्दर्भमा कोही कसैसँग त्यस्ता अवैध किसिमका हातहतियारहरु रहेको छन भने जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन समेत अनुरोध गर्नुभएको

बरामद हातहतियारहरू—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय