काठमाण्डौं— काठमाण्डौं जिल्ला अदालतबाट कैद तथा जरिवाना सजायँ फैसला भई फरार रहेका काभ्रेपलाञ्चोक चौरीदेउराली गा.पा घर भई हाल जिल्ला मकवानपुर हेटौडा ...पा बस्ने  पुष्प राज गौतम लाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलिले पक्राउ गरेको

२०५९ सालमा काठमाण्डौं जिल्ला अदालतबाट ठगी मुद्धामा फैसला भई वर्ष कैद  ६ लाख ७३ हजार ७५० जरिवाना सुनाएको थियो, उनलाई प्रहरीले २२ बर्ष पछि पक्राउ गरेको छ ।

५१ वर्षीय गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बाट प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो

फरार अभियुक्त गौतमलाई आवश्यक कारवाहीको लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको समेत डिएसपी घलेले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय