
काठमाण्डौं। लागु औषध ब्राउन सुगर सहित इप्रका रानी र ला.औ. ब्युरो बिराटनगर बाट खटिएको संयुक्त प्रहरी टोलिले बिराटनगर १५ बाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवसभा बाह्रबिसे गा.पा.१ का ३८ बर्षिय जिबन तामाङलाई रहेको इलाका प्रहरी कार्यालय रानीका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

उनिको साथ बाट २०.७० ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।भारत बाट नेपाल तर्फ पैदल आउँदै गरेका उनलाई लागु औषध ब्राउन सुगर ओसारपसार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको ईन्स्पेक्टर थापाले बताए ।
उनीको साथबाट २०.७० ग्राम ब्राउन सुगर पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई लागु औषध सम्बन्धी थपअनुशन्धान कार्य भईरहेको समेत प्रहरीले जनाएको छ।



