काठमाडौंस्वयम्भु प्रहरीले जुवाखालबाट १६  जना जुवाडेलाई लाखौं रुपैयाँसहित पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले काठमाडौँको नागार्जुन नगरपालिका-३  गैरी गाउँका स्थानीय हर्क बहादुर गुरुङ्गको घरमा बाट ९ जुवाडेलाई पक्राउ गर्दै २,९९,७४५ नगद बरामद गरेको हो।

स्थानीय हर्कबहादुर गुरुङ्गको घरमा जुवा खेल्दै गरेको सूचना पाएर गएको प्रहरीको टोलीले गोरखाका दोर्जे लामा, हर्कबहादुर गुरुङ, राजु गुरुङ, पेम्बा ग्याल्वो, थिले लामा, मनाङको चामे घर भएकी रञ्जना लामा र विजय माया गुरुङसहित ९ जनालाई पक्राउ गरेको छ।

त्यस्तै अर्को  दिल बहादुर लामगादेको घरमा खेलाईरहेको जुवा खालबाट ६३,२८० नगद सहित ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  राज कु. बि.., राजन सुनार,अनिल बि.क, विक्रम मगर ,मेख बहादुर बि..,दिल बहादुर लामगादे हुन् ।

दुईवटा जुवाखालबाट एकै दिन  १६ जना पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

पक्राउ परेका जुवाडेलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको काठमाडौं प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय