
काठमाडौँ । हत्या आरोपमा दोषी ठहर भएकी दोलखाको गैरीमुदीकी एक महिला घटनाको १५ वर्षपछि पक्राउ परेकी छिन् ।
दोलखाको वैतेश्वर गाउँपालिका १ की ४७ वर्षीया कमला तामाङ घटनाको १५ वर्षपछि आज पक्राउ परेकी हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले आज काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरेको हो । गैरीमुदीकै वीरबहादुर तामाङको हत्या आरोपमा दोषी ठहर भएकी कमला हालसम्म फरार रहेकी थिईन् ।

वीरबहादुरको २०६७ साल असोज २० गते आफ्नै घरमा खुकुरी प्रहारबाट हत्या भएको थियो । वीरबहादुरको हत्याको आरोपमा उनलाई अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसयता फरार रहेकी उनी घटनाको १५ वर्ष पछि पक्राउ परेकी हुन् ।



