
काभ्रे। बिरामी बोक्ने एम्बुलेन्सबाट लागुपदार्थ कारोबारको कालो धन्दा भएको पाइएको छ ।एम्बुलेन्सबाट ठुलो मात्रामा लागूऔषध बरामद सहित जिल्ला प्रहरी कार्यालय काभ्रेले एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुर बस्ने ४४ वर्षीय सुरेशमिझार हुन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित इलाका प्रहरी कार्यालय मंगलटारको टोलीलेसवारी जाँच गर्ने क्रममा एम्बुलेन्सबाट लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेलेजनाएको छ ।
बीपी राजमार्गमा सवारी साधनहरु नियमित जाँच गर्ने क्रममा महोत्तरीको बर्दिबासबाटकाठमाडौंतर्फ बिरामी लैजानेक्रममा ज १ च १९०८ नम्बरको एम्बुलेन्सबाट चालकको सिटभन्दापछाडि लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायबउपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
बरामद भएको नुफिन, डाइजेपाम र फेनारगन गरी ३ हजार एम्पुल लागूऔषधसहित एम्बुलेन्सचालक सुरेश मिझारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ)घलेले बताए ।




