ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकमा प्रहरी टोलीले करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडी बाहिर बरण्डामा बुटवल उप महानगरपालिका वडा न .५ गोलपार्क बस्ने बर्ष अं. ४१ को बिष्णु प्रसाद भट्टराइ बाघको छाला सहित पक्राउ परेका हुन।

खान तलासी गर्दा उनको साथमा रहेको सेतो प्लास्टिकको बोरा भित्र राखेको अवस्थामा बाघको छाला बरामद भएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। छालाको टाउकोदेखी पुच्छरको फेद सम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चार वटा दाह्रा, चारै खुट्टाको पन्जाको भागमा नङ भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको उनले बताए।

उक्त छाला मानिस र लाई रितपूर्वक लु. ५८ प. ९७५५ नम्बरको मोटरसाइकल आवश्यक काराबाहीका लागि डिभिजन बन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय