तुलसीपुर तुलसीपुर प्रहरीले एक जुवाखालमा छापा मारेर ८ जना जुवाडे पक्राउ गर्दै १ लाख रुपैयाँ बढी बरामद गरेको छ।

तुलसीपुर उपमहानगरपालिका-१० पढ्ढामा जुवा भइरहेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा गएको टोलीले १ लाख ११ हजार ७१० रुपैयाँसहित ८ जना जुवाडेहरुलाई पक्राउ गरेको हो। उक्त जुवाखालबाट प्रहरीले कौडी र तास बरामद गरेको थियो।

इलाका प्रहरी तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर – ६ का ५९ बर्षीय चेतलाल बुढाथोकी, सोही स्थानका ४० बर्षीय जिबराज डाँगी, तुलसीपुर-१२ का ५६ बर्षीय तिलक केसी, तुलसीपुर-१२ कै ४३ बर्षीय फिरु चौधरी, तुलसीपुर-१० का ४४ बर्षीय किरणप्रसाद बम, सोही स्थानकै सुदन वली, २९ बर्षीय तिलकराम चौधरी र ४५ बर्षीय कर्ण चौधरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय