
काठमाण्डौं। स्रोत नखुलेको दश लाख रुपैयाँ सहित स्वयम्भुबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ फुलखर्क घर भई काठमाण्डौ गोगंबु बस्ने बर्ष ३६ को लोर बहादुर गुरुङ र ५२ को धन बहादुर गुरुङको रहेका छन् । काठमाण्डौ जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ ठुलोभर्याङ स्थित सडक खण्डमा तिहारलक्षित चेकजाँच गर्ने क्रममा प्रहरी वृत्त स्वयम्भुको टोलीले उनिहरूको साथ बाट उक्त स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो।

रकमको स्रोतको बारेमा भरपर्दो जवाफ दिन नसकेपछि प्रहरीले उनिहरूलाई नियन्त्रणमा लिएकोहो। यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
उक्त दुईजनालाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्वकोकसूरमा अनुसन्धान थालिएको काठमाण्डौंका एसपीले बताए ।



