
कैलाली । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा जुवा खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४ लाख ४१ हजार ८६९ बरामद गरेको छ ।
जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति प्रहरी निरिक्षक डम्बर बिष्टको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरूको साथबाट उक्त रकम पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनु भयो छ ।

उनीहरुको साथबाट १६ थान तास र ४ लाख ४१ हजार ८६९ रकम समेत बरामद भएको छ ।सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत थुनामा राखेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



