
काठमाण्डौ । काठमाण्डौंको रानिवनबाट पेस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्।
शनिबार साढे ९ बजे नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।
उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि स्वयम्भूबाट खटिएको प्रहरी टोलिले उनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला परिसर काठमाण्डौंका प्रवक्त्ता एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।



