
सर्लाही। सर्लाही प्रहरीले बन्दक बनेका एकजनाको सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।
सर्लाही जिल्ला बागमति न.पा. वडा नं. १० बस्ने शेख उजैरको छोरा १८ बर्षको शेख जैयस अपहरण परेको सुचना पाएको ४ घण्टामै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादवको नेतृत्वमा खटीगएको प्रहरी टोलिले तत्काल भारतिय प्रहरी सोनबर्षा थानासंग सम्वनय गरी

बिहार राज्य, जिल्ला सितामढी, सोनबर्षा थाना बसतपुरस्थित भारतीय नागरिक मनिष कुमाररायको घरमा बन्धक बनाएर राखेको अवस्थामा पक्राउ गर्न सफल भएको छ ।
उक्त घटना घटेको ४ घण्टा नबित्दै अपहरण परेका युवालाई फेला पारी परिवारको जिम्मा लगाउन सर्लाही प्रहरी सफल भएको हो ।
बन्धक बनाउने मनिष क. रायलाई भारत स्थित सोनबर्षा थानाबाट मुद्दा दर्ता भई भारतीय प्रहरीद्वारा थप अनुसन्धान कार्य भईरहेको समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।



