काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले युरोपको माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

अपराध अनुसन्धान कार्यालयल्र सिराहा नगरपालिका-१० घर भई काठमाडौँ महानगरपालिका-३ १ मध्यबानेश्वर बस्दै आएका २८ वर्षीय मनोज काफ्लेलाई पक्राउ गरेको जानकारी दिएको छ।

मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौँ मध्य बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका मनोजलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय